भुकम्पको उच्च जोखिममा छ कणार्ली प्रदेश – मुख्यमन्त्री शाही
बिरेन्द्रनगर,सुर्खेत कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश भुकुमपको उच्च जोखिममा रहेको बताएका छन । बृहत बिद्यालय सुरक्षा सम्बन्धी बिद्यार्थी भेलाको उदघाटन गर्दै प्रमुख अतिथी तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश भुकम्प र बिपद सुरक्षाको उच्च जोखिममा रहेको बताए ।
शाहीले भने ‘कर्णाली प्रदेशमा भौगोलिक बिकटताका साथै बिभिन्न खालका चुनौती रहेका छन, जसलाई मध्यनजर गर्दै कर्णाली प्रदेशले बिभिन्न योजनाहरु बनाई रहेको छ ।’ मुरख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा बिद्यालय तथा भबन निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक बनाउने गरि सबै जिल्लाहरुमा डिजाईनको काम सकिएको र छिट्टै कार्यान्वयन गरिने बताए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल भौगोलिक बिबिधता भएको देश भएको हुदा यहाँको भौगोलिक अबस्था अनुसार धेरै बिद्यालय क्षेत्रहरु बिपदको समस्यामा रहेको बताए । कार्यक्रममा बोल्दै भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सुर्यनारायण श्रेष्ठले २०७२ सालमा गएको भुकम्पबाट पाठ सिक्दै विद्यालयमा आउनसक्ने बिपद ब्यबस्थापनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
उनले भने ‘नेपालका विकट क्षेत्रमा रहेका विद्यालयभन्दा बढि काठमाण्डौँमै रहेका बिद्यालयहरु भुकम्पिय जोखिममा छन ।’ कार्यक्रममा सहभागी हुन जापानी ओशाका बिश्वबिद्यालयबाट आएका प्रोफेसर सेजि सुवाले नेपालका बिकट तथा पहाडी जिल्ला नुवाकोट र चितवनका बिद्यार्थीहरुलाई लक्षित गरि बिपद सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको बताए ।
उनले बिकास निर्माणमा अपनाईने बिभिन्न सुरक्षा सम्बन्धि विधिका बारेमा समेत सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा जापानको माईको हाइस्कुलका १४ जना शिक्षक तथा बिद्यार्थीहरुको समेत सहभागिता रहेको छ । दुई दिनसम्म संचालन हुने कार्यक्रममा जापनबाट आएका बिद्यार्थी र शिक्षकहरुले आफ्ना अनुभबहरु साटासाट गर्ने छन ।
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा भएको उक्त भेलामा देशभरीका करिब १९ जिल्लाका बिभिन्न बिद्यालयहरुबाट बिद्यार्थी र शिक्षक गरि ८५ जनाको सहभागिता रहेको छ ।