बासद्भारा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न
नेपालगन्ज, सामाजिक कार्यहरु गर्दै सुशासन कायम गराउन उल्लेखनीय कार्य गर्दै अाइरहेको बागेश्वरी असल शासन क्लब (बास) ले हिन्दु महिला दिदी-बहिनीहरुको महान चाँड हरितालिका तिजको उपलक्ष्यमा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नेपालगन्जको होटल सि.एस.टी. एण्ड पार्टी प्यालेसको सभाहलमा २५० जनाकाे उपस्थित भएकाे भव्य कार्यक्रममा २४ जना सहभागीले नृत्यमा प्रतिस्पर्धा गरेका थिए ।
उक्त कार्यक्रमको उद्घाटन बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा के.सी. (नमुना) ले ब्यानर पढेर गर्नु भएकाे थियाे । बासका केन्द्रीय अध्यक्ष रमेश सिटाैलाकाे सभापतित्वमा अायाेजना भएकाे कार्यक्रममा स्वागत मन्तव्य बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथाेकी लगायतका अतिथिहरुले गर्नुभएकाे थियाे ।
युनाईटेड माेटर्सकाे प्रायाेजक रहेकाे कार्यक्रमलाई विभिन्न संघ संस्थाकाे सहकार्य गरेका थिए ।
कार्यक्रम सम्पन्न गर्न निर्णायक मण्डलको प्रमुखमा के.बी. शाही, सदस्य दिला शाह, शुभेच्क्षा नेपालले महत्वपुर्ण भुमिका निभाउनु भएकाे थियाे । कार्यक्रममा प्रथम हुनेलाई रु. १२,०००, दाेश्राेलाई रु. ८,००० र तेश्राेलाई रु. ५,००० नगद पुरुस्कार सहित सबै प्रतियाेगिहरुलाई प्रमुख अतिथि माननीय कृण्णा के.सी. नमुनाले प्रशंसा पत्र वितरण गर्नु भएको थियो । कार्यक्रम बासका केन्द्रीय सदस्य मुना बिष्टले संचालन गर्नुभएकाे थियाे ।
उक्त कार्यक्रममा प्रथम स्थान हासिल युनाइटेड मा.बि. नेपालगन्जकी झरना सुनार, द्वितीय स्थानमा जि.भि.एन. मा.बि. नेपालगन्जकी सरिता फुँयाल र तृतीय स्थान होलिल्याण्ड मा.बि. नेपालगन्जकी दुर्गा राना भएका थिए ।