जयशंकर लगत्तै चिनियाँ विदेशमन्त्री नेपाल आउँदै
प्रकासित मिति : २०७६ भाद्र ७, शनिबार १४:४२
प्रकासित समय : १४:४२
काठमाडौं । निनियाँ विदेशमन्त्री वाङ यीले भाद्र अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन । भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको भ्रमण लगत्तै चिनियाँ विदेशमन्त्री नेपाल आउने कुरालाई कुटनीतिक रुपमा बुझिएको छ ।

चिनियाँ विदेशमन्त्री दुई दिने भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालय स्राेतले जनाएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको तयारीका लागि विदेशमन्त्री वाङ नेपाल आउन लागेको जनाइएको छ ।
राष्ट्रपति सिजिनपिङले आगामी अक्टोबरमा नेपाल भ्रमणको तयारी भईरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गठनपछि चीनका तर्फबाट नेपालका लागि पहिलो उच्चस्तरीय भ्रमण हुन लागेको हो ।
नेपालस्थित चिनियाँ दुतावास र परराष्ट्र मन्त्रालयलले भ्रमणको पुष्टि नगरेपनि भाद्र २९–३० का लागि विदेशमन्त्री वाङले नेपाल भ्रमण गर्ने सम्भावना रहेकाे जनाइएकाे छ ।

