नेपालगन्जको विच वजारमै हाईस दुर्घट्ना : चार जना घाईते, दुईको अवस्था गम्भिर
नेपालगन्ज, नेपालगन्जको विच वजारमा यात्रुवाहक हाइस दुर्घटना भएको छ ।दाङ बाट नेपालगन्जका लागी छुटेको बा २ ख १८९७ नम्बरको हाईस शुक्रवार साझ नेपालगन्जको कारकादो चोक प्रहरी तालिम केन्द्रको अघाडी दुर्घटना हुदा गाडिमा सवार चार जना यात्रु घाईते भएका छन् ।
घाईते हुनेमा पैदल यात्रु नेपालगन्ज उपमहानगरपालिका वडा न.१८ बस्ने बर्ष १८ कि बारिसे वेहना, हाईसमा सवार बांके नेपालगन्जका ३८ बर्षिय चक्र बहादुर रावत, बर्दिया मधुवन नगरपालिका वडा न. ५ बस्ने ३२ बर्षिय टिका देवकोटा, पैदलयात्री मेराज अलि साही घाईते भएका छन् । यिनिहरु मध्य वारिसे बेहना र चक्र बहादुर रावलको अवस्था गम्भिर छ ।
घाईते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भैरहेको वताइएको छ ।
तिव्र गतिमा गुडिरहेको हाइस एक्कासी नियन्त्रण बाहिर गएर बिच सडमा लगाईएको कभर्ड हुदै सोलार बत्तिको पोलमा ठोक्किएर रोडको दाया साइडमा आएर दुर्घटना भएको हो । दुर्घटना हुने वित्तिकै चालक निकलेर फरार भएका छन् । ।