कर्मचारीलाई परिणाममुखि काम गर्न मुख्यमन्त्री शाहीको निर्देशन
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन ।

आज कर्णाली प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको कार्यवाहक जिम्मेवारी समाहल्दै मुख्यमन्त्री शाहीले कर्मचारीलाई जनअपेक्षा अनुरूपको काम गर्न निर्देशन दिएका हुन ।

जिम्मेवारी समाहल्दै मुख्यमन्त्री शाहीले जनअपेक्षा अनुसारको काम अझै हुन नसकेको भन्दै परिणाम निकाल्ने गरि सबैपक्ष लाग्न निर्देशन दिए । जनताको अपेक्षा र चाहाना अनुसारको काम हुन नसकेको भन्दै मुख्यमन्त्री शाहीले त्यसतर्फ चिन्ता समेत ब्यक्त गरे ।

मुख्यमन्त्री शाहीले जनतालाई अनुभुती हुने गरि काम गर्न सुझाए । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्गबहादुर खत्रीलाई केही दिन अगाडि बर्खास्त गरिएको थियोे । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई गत बिहिबार साझँ नै बर्खास्त गरेका थिए ।

