जब भेडाको हुलमाथी ट्रक चढ्यो…..
प्रकासित मिति : २०७६ भाद्र ४, बुधबार १२:०४
प्रकासित समय : १२:०४
नेपालगन्ज ,बाँके कोहलपुर सडकखण्ड अन्तर्गत हवल्दारपुरमा मिनिट्रकले किच्दा आधा दर्जन बढि भेडा मारिएका छन । मंगलबार मध्यान्ह १२ बजे नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ ख २१६६ नम्बरको मिनि ट्रकले बाटो काट्दै गरेका भेडाको हुललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाटआधा दर्जन बढि भेडा छियाछिया भएका भेडाहरु बाटोभरी छरिएका थिए । जानकी गाउँपालिका वडा नं. ६ निवासी दसंराम गडरियाले गोठबाट चरनकालागि लैजाँदै गरेका भेडालाई हवल्दारपुरस्थित शिखर प्लाई उद्योग नजिकै ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बताएको छ ।