स्याउ, च्याउ र झ्याउ नै समृद्ध कर्णालीको आधार -राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना

बिरेन्द्रनगर,सुर्खेत आधारराष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले स्याउ, च्याउ र झ्याउ नै समृद्ध कर्णालीको आधार भएकाे बताएका छन । कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको २३ औँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सेनाले ‘कर्णालीको स्याउ, च्याउ र झ्याउले नै कर्णाली कुनै पनि हालतमा पछि नपर्ने बरु सिंगो देशलाई सम्बृद्ध बनाउने सामर्थ्य छ’ उनले भने।

अध्यक्ष तिमिल्सेनाले कर्णालीमा रहेको विद्युतीय सम्भावनाको चर्चासमेत गरे। सिँचाइ, खानेपाली माछापालन र पर्यटनलाई जरुरी परियोजनाको अभिन्न अंगका रूपमा लिएको खण्डमा विकासको प्रतिफल सोझै जनताको हातमा पर्ने उनको तर्क छ।

‘भेरी, कर्णाली र तिला नदीबाट मात्रै विद्युत् निर्माण गर्न सके कर्णालीको स्वरूप परिवर्तन हुन समय लाग्दैन,’ उनले भने ‘पर्यटन र सेवा क्षेत्रले विद्युतीय माग बढ्ने भएकोले उत्पादित विद्युत् कहाँ बेच्ने भन्ने चिन्ता लिनुपर्ने अवस्थासमेत छैन।’