किन खोतल्यो प्रहरीले गाडीसकेको लास ?
प्रकासित मिति : २०७६ भाद्र १, आईतवार १९:२३
प्रकासित समय : १९:२३
नेपालगन्ज, बाँकेको जानकी गाँउपालिकामा प्रहरीले सतगत गरी गाडेको लास निकालेर अनुसन्धान सुरु गरेको छ ।
जानकी गाँउपालिका वडा नं. ३ पासीपुरका गोपाल पासीको हत्या भएको आशंकामा प्रहरीले सतगत गरि गाडेको लास बाहिर निकालेको हो । पासीको शुक्रबार परम्परागत संस्कार अनुसार दाहसंस्कार गरिएको थियो ।
तर उनको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले शनिबार लास बाहिर निकालेको प्रत्यक्षदर्शीले बताएका छन । लासको पोष्टमार्टमकालागि नेपालगन्ज ल्याईएको प्रहरीले जनाएको छ । थप विवरण भने आउन बाँकी छ ।