जब व्यस्त सडकमा विमान अवतरण गरियो…

एजेन्सी,क्रोएसिया । युरोपेली मुलुक क्रोएसियामा एउटा विमान शनिबार आकस्मिक रुपमा राजमार्गमा अवतरण गराइएको छ ।

सो विमानमा एक जना महिला र उनका फ्लाइट इन्स्ट्रक्टर रहेका थिए । क्रोएसियाको आपतकालीन सेवाले जनाए अनुसार सो घटना राजधानी जाग्रेब जोड्ने व्यस्त राजमार्गमा भएको हो ।

सिंगल इन्जिन भएको केस्ना नामको सो विमानमा प्राविधिक समस्या आएका कारण आकस्मिक अवतरण गर्नुपरेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।