पचाल झरनालाई आर्गानिक क्षेत्र बनाउनुको बिकल्प छैन- मुख्यमन्त्री शाही
कालीकाेट, कालीकाेट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पचालझरनालाई अर्गानिक क्षेत्र बनाउनुपर्ने बताएका छन ।
बिहिबार पचालझरना गाउँपालिकाले आयोजना गरेको बिशेष गाउँ सभामा बाल्दै मुख्यमन्त्री शाहीले स्थानिय उत्पादनलाई जोडद दिनु पर्ने भन्दै उक्त क्षेत्रलाई अर्गानिक क्षेत्र बनाउनु पर्ने बताएका हुन ।
मुख्यमन्त्री शाहीले पचालझरनाको समग्र बिकासका लागि प्रदेश सरकारले कुनै पनि कसुर बाँकी नराख्ने बताए । उनले स्थानिय निकायको अगुवाई र प्रदेश सरकारको समन्वयमा पचालझरनाले बिकास फडको मार्ने दाबी समेत गरे ।
कार्यक्रममा प्रदेश सांसद सांसद कुर्मराज शाहीले जनताको सेवाका लागि सांसदहरु जनताको स्पेशल झोले भएको बताएका थिए । उनले कालिकोटको बिकासका लागि मुख्यमन्त्री पाइलट र आफु को – पाइलट भएको समेत बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमूख अनिपाल शाही मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी लगायतका अतिथिहरु अतिथिहरु सहभागी थिए ।