त्यो पचालझरना यो शहीद पार्क यस्तो देखिन्थ्यो मुख्यमन्त्री शाहीको फोटो सेसन
कालिकोट, कालिकोटको पचालझरना पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री सहितका ब्यक्तित्वहरुले पचालझरना अवलोकन गरेका छन ।
अवलोकन गर्न बिहिबार पचालझरना गाउँपालिकाको वडा ३ खार्दु पुगेका मुख्यमन्त्री शाहीले नजिकै पुगेर अबलोन गरेका हुन ।
अबलोन गर्दा मुख्यमन्त्री सहितको टोलीले केहि समय फोटो शेसन गरेर गरेको थियो । झरनाबाट बगेको पानी, नजिकै रहेको शहीद पार्क ,होमस्टेलाई नियाल्दै फोटो सेसनमा टोली मन्त्रमुग्ध थियो ।
अबलोकनको शिलशिलामा मुख्यमन्त्री शाहीले पचालझरनाबाट डलर झरीरहेको बताएका थिए । उनले झरनाको पानीलाई सदपयोग गरे कर्णालीकै भबिश्य बन्ने दावी गरेका थिए ।
मुख्यमन्त्री शाहीले पचालझरनाको फेदीमा निमार्ण गरिएको होमस्टेलाई समेत उदघाटन गरेका थिए । होमस्टे उदघाटनसंगै शहीद पार्क अबलोकन गर्दै शहीदहरूलाइ स्मरण गरेका थिए ।
दश बर्षे जनयुद्धका बेला साेही गाउँ खार्दुबाटमात्रै ६ जना शहीद भएका छन । उनै ६ जना शहीदको स्मृतीमा शहीद पार्क निमार्ण गरिएको गाउँपालिकाले जनाएकाे छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०