विप्लव नेकपाद्वारा वडा अध्यक्ष माथि कालोमोसो
प्रकासित मिति : २०७६ श्रावण ३०, बिहीबार १५:०४
प्रकासित समय : १५:०४
म्याग्दी, नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीले बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेको छ ।नेकपाका कार्यकर्ताहरुले कार्यालयमै पुगेर थापालाई कालोमोसो दलेका हुन् । वडा अध्यक्ष थापाले विनियोजन गरिएको बजेटबाट कमिसन खाने गरेको, कार्यालय सहयोगीसँग अनैतिक सम्बन्ध राखेको, पार्टी विरुद्ध सुराकी गरेको लगायतका आरोप लगाएको छ ।
त्यसैगरी भ्रष्टाचार गरेको, राजश्व संकलनमा नाता-आफन्तलाई मात्रै प्राथमिकता दिने गरेको, बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै जनकारबाही स्वरुप कालोमोसो दलिएको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले जनाएको छ ।