सामुदायिक स्वास्थ्य सर्वेक्षण कार्यक्रम सम्पन्न्
कोहलपुर, बाकेको कोहलपुरमा अबस्थित बागेश्वरी बहुमुखी क्याम्पस स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले सामुदायिक स्वास्थ्य सर्वेक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।
कोहलपुर नगरपालिका वडा न. १३ भरैया का १५ घरधुरीमा बसोवास गर्ने ७४ जनसंख्या रहेको वादी समुदायमा उक्त सर्वेक्षण गरिएको हो ।
समुदायको शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, शौचालय लगायत बिभिध बिषयहरुमा १५ दिन लगायर गरिएको अध्यायनलाई आज नजिकै रहेको बाल शिक्षा आधारभूत विद्यालयमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।
कार्यक्रमको प्रमुख आथिथ्यता ग्रहण गर्दै बागेश्वरी बहुमुखी क्याम्पसका उप-प्राध्याक एकराज शर्माले २१ अौ सताव्दीको विज्ञान र प्रबिधीको जमनामा शिक्षा विना कुनै काम गर्न नसक्ने वताए ।
शर्माले आज शिहँदरबारको अधिकार गाउँगाउँमा आउदा पनि ७४ जनसंख्या रहेको वादी समुदायमा ६१ जना अशिक्षित हुनु, शौचालु नहुनु, खानेपानी इनारमा निर्भर हुनु दु:खद रहेको वताए । उनले देश अग्रसरतामा लागेको वेला कोहलपुर जस्तो सहर उन्मुख नगरीको मुटुमा जनताको यो अवस्था देखिनुले शैक्षिक हवमा प्रश्न उठाउन सकिने वताए ।
राज्यले बिपन्न समुदायको लागी विशेष कार्यक्रम ल्याएको भएपनि यस प्रती कसैको ध्यान नगएकोमा दुःखद् व्यक्त गरेका थिए ।
हाल कोहलपुर नगरपालिकाको एक मात्र सरकारी आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस रहेकोमा त्याहाँ उच्च शिक्षाको लागी आफ्न छोरा-छोरीलाई पठाउन समेत आग्रह गरेका थिए ।
त्यसैगरी कार्यक्रमका सभापती तथा विद्यालयका प्र.अ लिलाराज ओलिले आफ्नो विद्यालय लाई नगर सरकारले दुर्गम बनाएको बताए । उनले आफ्नो विद्यालयमा विद्युत, खानेपानी, खेल मैदान, भौतिक संरचना लगायत निजी शिक्षकको समस्या रहेको कुरा बारम्बार सम्बन्धित निकाएको ध्यानाकर्षण गर्दा पनि समाधान नभएको बताए ।
कार्यक्रमको सन्चालन स्नातकोत्तर तहमा अध्यायनरत विद्यार्थी धिरेन्द्र शाहीले गरेका थिए भने कार्यक्रमको उदेश्य माथी डम्बर कार्कीले स्पष्ट पारेका थिए ।

