जब ढुंगामा बसेर मुख्यमन्त्री शाहीले आफु जन्मेको ठाउँ नियाले
प्रकासित मिति : २०७६ श्रावण २८, मंगलवार २०:४६
प्रकासित समय : २०:४६
कालीकोट,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही आफनो गृहक्षेत्र कालीकोटको पचाल झरना उक्लेका छन । पचालझरना गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको क्रममा मुख्यमन्त्री शाही पचाल झरना पुगेका हुन ।
पचालझरना गाउँपालिकाको कोटिलामा जन्मेका शाही लामो समयपछि आफनो गृहक्षेत्र पुगेका छन । मुख्यमन्त्री शाही आफनो क्षेत्र पुगेपछि स्थानियले बाटोबाटोमा स्वागत गरेका थिए ।
पचाल झरना अवलोकन र आफनो गृहक्षेत्रको बारेमा जानकारी लिन पुगेका शाहीले पचालझरनाको लाफागाड जलबिद्युत आयेजान उदघाटन समेत गरेका थिए ।
मुख्यमन्त्री शाही पचालझरनाको फेदीमा रहेको लाफागाड जलबिद्युत आयोजना उदघाटन गर्दा त्यहाँको भुगोल पनि नियालेका थिए । मुख्यमन्त्री शाहीले आफु जन्मेको ठाउँलाई राम्रोसंग नियालेका थिए ।
2
3
4
5
6
7
8
9
10