जब प्लेकार्ड बोकेर महिलाहरू सामाजिक बिकृतिका बिरूद्भ उत्रिए
कालीकोटको पचालझरना गाउँपालीकाको वडा नं ४ का महीलाहरुले सामाजिक बिकृति बिरूद्भ फरक अभियानको सुरुवात गरेका छन । वडा नं ४ का महिलाहरूले आफ्नो वडालाई जुवातास र मदिरा निषेधित क्षेत्र बनाउने अभियान सुरु गरेका हुन ।
आइतबार उनिहरुले मदिरा बेचबिखन बन्द गरौ भन्दै प्लेकार्ड सहित प्रर्दशन समेत गरेका छन । मदिरा जन्य पदार्थ बेचबिखन र सेवनमा पुर्णरुपमा प्रतिबन्द लगाउन पहल गर्ने उद्देश्यले होइजाली सेजुवालको अगुवाइमा जम्म भएका महीलाहरुले गाउँपालीकाको केन्द्र जारकोट , भुराबगर लगाएतका क्षेत्रमा रहेका बजार क्षेत्रलाइ लक्षित बनाइएको ४ वडा अध्यक्ष अरूण रोकायाले जानकारी दिए ।
प्रर्दशनमा वडा नं ४का महिलाहरु सहभागि रहेकेका थिए । महीलाहरुले बजार क्षेत्रमा बिक्रिका लागी पसलेहरुले राखेको १२ पेटि सोफीनामक मदिरा र ५० लिटर स्थानीय उत्पादीत मदिरा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय जारकोटलाई बुझाएका छन । महीलाहरुको उक्त कामको गाउँपालीकाले समेत स्वागत गरेको गाउँपालीका अध्यक्ष खडगराज सेजुवालले बताए ।
सम्बृद्धि पचालझरना निमार्ण हाम्रो जिल्लाको सान , अब जुवारक्सि निषेध वडा नं ४ बासि सबैको अभिायन । घरघरमा चर्पी घरघरमा धारा, स्वास्थ्य जिवन यापन गरौ वडा नं ४ बासि सबै सारा भन्ने नाराका साथ र्याली प्रदशन गरिएको गाउँपालीकाका प्रबक्ता तथा ४ का वडा अध्यक्ष अनरुप रोकायाले जानकारी दिए ।