नक्कली परीक्षार्थी पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संचालन गरेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षामा अर्काको नाममा ट्रायल दिने काठमाडौं डल्लु बस्ने सुर्खेत घर भएका १८ वर्षीय बिनोद शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेतका २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल परीक्षा दिने क्रममा शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।