सिंहदरबारकै हिरासतबाट दुई थुनुवा फरार
प्रकासित मिति : २०७६ श्रावण २५, शनिबार ११:११
प्रकासित समय : ११:११
काठमाडाैँ, महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुई थुनुवा भागेका छन् । शनिबार विहान ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता ९डिएसपी० होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले भागेका ४ थुनुवामध्ये दुई जनालाई पक्राउ गरेको छ । भागेका दुई थुनुवाको खोजी कार्य भइरहेको प्रवक्ता बोगटीले बताए । उनीहरुको नाम गोप्य राखिएको छ ।
उनीहरु मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए ।