रुपैडियामा ट्या‌ंकरको ठक्करबाट २ नेपालीको मृत्यु

नेपालगन्ज, बाँकेको सीमावर्ती रुपैडिया बजारमा ट्यांकरको ठक्करबाट दुई नेपाली महिलाको मृत्यु भएको छ। बाँकेको कोहलपुरकी आशा सिंह भट्टराई र जुनु थापालाई टयांकरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ।

भारतीय बजारमा घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेको भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा दुर्घटना भएको हो।

भट्टराईको घटनास्थलमै ज्यान गएको हो भने थापाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घटनापछि ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।