पाकिस्तानलाई चीनको साथ

काठमाडौं,भारत प्रशासित क्षेत्र कश्मीरका विषयमा भारत सरकारले लिएको निर्णयको चर्चा अहिले विश्वभर छ । यही विषयमालाई लिएर देशका धारणा एक अर्कामा बाझिएका छन् ।

कश्मीरको विषयलाई लिएर पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास पनि गरिरहेको छ । यसैक्रममा छिमेकी चीनले कश्मीर घटनाको विषयमा पाकिस्तानलाई साथ दिने भएको छ । पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैशीले कश्मीर विषयमा चीनको साथ पाकिस्तानलाई रहने बताएका छन् ।

चीन पुगेका कुरैशीले चीनका विदेशमन्त्री वांग यीसँग भेटवार्ता गर्दै कश्मीर विषयमा छलफल भएको बताएका छन् । भेटका क्रममा चीनले कश्मीरका विषयमा भारतले लिएको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको भन्दै कुरैशीले भारतीय व्यवहारले धेरै मानिस खतरामा परेको टिप्पणी चीनले गरेको उल्लेख गरेका छन् ।

चीन भ्रमणमा भएको भेटवार्ता तथा छलफलका विषयलाई लगातार सामाजिक सञ्जाल ट्वीटबाट सार्वजनिक गर्दै उनले पाकिस्तान र चीनबीचको भाइचाराको सम्बन्ध अझै मजबुद बन्दै गएको उल्लेख गरेका छन् ।