भाकपा(माक्र्सवादी)का महासचिव याचुरी काश्मिरबाट पक्राउ

एजेन्सी, भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ ।

सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ परेका छन् । उनीहरु दुबै जनालाई कश्मीरको श्रीनगरमा नै पक्राउ गरिएको हो । याचुरीले आफुहरु पक्राउ परेकोबारे सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।

खासमा याचुरी विरामी भएका आफ्ना पार्टीका नेता भेट्न कश्मीरको श्रीनगर पुगेका थिए । यो उनको पूर्व निर्धारित योजना रहेको बताइएको छ । तर, जब उनीहरु श्रीनगर विमानस्थलबाटै पक्राउ गरिएको बताइएको छ । श्रीनगर विमानस्थलबाट उनीलाई बाहिर निस्कनै नदिएर पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

यसैबीच भाकपा माक्र्सवादीले महासचिव याचुरीलाई गैरकानुनी रुपमा गिरफ्तार गरेर हिरासतमा राखेको भन्दै विरोध गरेको छ । बिहिबार याचुरी र डी राजाले कश्मीरका गभर्नर सत्यपाल मलिकलाई छुट्टाछुट्टै पत्र लेखेर आफ्नो भ्रमणको योजनाबारे जानकारी गराएका थिए । पत्रमा उनीहरुले आफ्नो भ्रमणका बेला कुनै पनि बाधा नआओस भन्ने चाहना व्यक्त गरेका थिए । तर, त्यसविपरित उनीहरुलाई कुनै जानकारी नै नगराएर विमानस्थलबाटै पक्राउ गरिएको भाकपा माक्र्सवादी बताएको छ ।