नेपालगन्ज आगलागीबाट १२ फर्निचर उद्योग ध्वस्त
नेपालगञ्ज, बाँकेको मुख्य ब्यापारीक केन्द्र नेपालगन्जमा बिहिबार राती भएको भिषण आगलागीबाट १२ वटा फर्निचर उद्योग ध्वस्त भएका छन । नेपालगञ्ज विपी चोक नजिकै रहेको गुरुद्वारा अगाडिको फर्निचर उद्योगबाट सुरु भएको आगोले एउटा डेन्टल ल्याव समेत खरानी भएको छ ।
राती ११ बजेदेखि शुरु भएको आगलागी शुक्रबार बिहान पाँच बजे मात्र नियन्त्रणमा आएको थियो । आधा दर्जन बढि दमकलको मद्धत्तले आगोलागी नियन्त्रणमा आएपनि १३ वटा पसल भने पूर्ण रुपमा खरानी भएका छन । हाजी लड्डन गुड्डुले सञ्चालन गरेको न्यू एवान फर्निचर पसलमा विद्युत सर्टसर्किट भएर सुरु भएको आगोले हिमालय स्टिल, सानिया स्टिल, स्टार स्टिल, वारसी स्टिल, बिन्देश्वरी फर्निचर, न्यू रुबी, प्रतापसिंहको फर्निचर, आलिया फर्निचर, अमन फर्निचर, वावा फर्निचर, बाबा टे«र्डस र सरदार डेण्टलमा क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र दमकलका कर्मचारीहरुको सहयोगमा ६ घण्टापछि आगलागी नियन्त्रणमा आएपनि ३ करोड बढि भौतीक क्षती भएको ब्यापारीहरुले बताएका छन । आगलागी नियन्त्रणकालागि नेपालगञ्ज उपमहानगरका दुईवटा दमकलका साथै राँझा बिमानस्थल, कोहलपुर नगरपालिका र बर्दियाबाट समेत दमकल झिकाईएको थियो ।