काठमाडौँको बिजेश्वरीमा प्रहरीले चलायो गोली, एक घाइते
काठमाडौँको स्वयम्भू बिजेश्वरी हाउजिङकाे नजिक गोली चलेको छ। शुक्रबार मध्यान्ह दिउसाे काठमाडौैँ महानगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो।
अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीकाे गोली लागेर लोप्साङ लामा भन्ने मिलन तामाङ घाइते भएका छन् । अपराध महाशाखाका एसपी केदार ढकालले तामाङलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेका कारण गोली प्रहार गर्नु परेको जानकारी दिए ।
एसपी ढकालले महाशाखाको टोलीले चलाएको गोली उनको घुँडामुनि लागेको जानकारी दिए । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
एसपी ढकालका अनुसार मिलनले रामेछापको लिखु तामाकाेशी गाउँपालिकाका अध्यक्षलाई धम्क्याएर २ करोड फिरौती मागेपछि उनको खोजी भइरहेको थियो। महाशाखको टोलीले मिलनसँगै रहेका अमृत तामाङलाइ नियन्त्रणमा लिएको छ।
मिलन र अमृत लुटपाट र गुण्डागर्दीमा संलग्न रहेको एसपी ढकालले बताए। महाशाखाले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
स्वयम्भू विजेश्वरीस्थित विजेश्वरी हाउजिङको झिँगु क्याफेमा बसिरहेका लामालाई पक्राउ गर्न प्रहरी पुगेको थियो । प्रहरी देखिएपछि उनी प्रहरीमाथि नै अाक्रमण गर्न पुगेकाे प्रहरीले दावी गरेकाे छ । उनी प्रहरीमाथि नै अाक्रमणमा उत्रिएपछि गोली चलाउनु परेकाे एसपी ढकालले बताए । उनीहरूले विभिन्न व्यक्तिसँग दुई करोड रुपैयाँसम्म फिरौती मागेको महाशाखामा उजुरी परेको थियाे । सोही उजुरीका आधारमा प्रहरीले उनीहरुलाइ खाेजि गर्दै अाएकाे थियाे ।