बालुवाटारस्थित सुबिसु इन्टरनेटको कार्यालयमा भीषण आगलागी
प्रकासित मिति : २०७६ श्रावण २२, बुधबार १४:३६
प्रकासित समय : १४:३६
काठमाडौँ, बालुवाटारको सुविसु इन्टरनेटको कार्यालयमा आगलागी भएको छ। दिउँसो पौने १ बजे आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्।
आगलागीको कारण खुल्न सकेको छैन। सुबिसु केबुलको पेट्रोल स्टोर गरेको ट्यांकरबाट आगलागी भएको प्रहरीले जनाएको छ । अहिले पाँचवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीय बासिन्दा आगो निभाउन प्रयासरत छन् ।
पुरानो घरमा आगलागी भएको हो । आगलागी भएको घरमा मानिस थिए या थिएनन् वा भएको भए उनीहरुको अवस्था के छ भन्ने थाहा भएको छैन ।