क्यान्सरले छटपटीरहेका १५ बर्षिय छोरालाई बचाइदिन बाबुको अपिल
काठमाडौं ,ब्लड क्यान्सरका पिडित राजधानी स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका १५ बर्षिय निराज शर्माको उपचारमा समस्या परेको भन्दै उनका बुवा रामचन्द्र शर्माले सहयोगको याचना गरेका छन ।
आर्थिक अभावले छोरा निराजको उपचारमा समस्या भएपछि जाजरकोट कुशे गाँउपालिका ३ का रामचन्द्र शर्माले सहयोगको याचना गरेका हुन् ।
राजधानी स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका १५ बर्षिय निराज शर्माको उपचारमा समस्या परेको हो । स्थानिय पशुपति मावि, कक्षा १० मा अध्ययनरत निराज केही समय अघि मात्र विरामी भएका थिए । बुवा रामचन्द्रका अनुसार शुरुमा पश्चिम रुकुमको चौरजहारी स्थित मिसन अस्पताल अस्पतालमा उनलाई उपचारका लागी लगिएको थियो ।
विरामीको अवस्था जटिल देखेपछि मिसन अस्पतालले वीर अस्पताल काठ्मान्डौ रिर्फर गरिदियो । विर अस्पतालमा चेक गराएपछि सो अस्पतालले ब्लड क्यान्सर भएको आशंका गर्दै भक्तपुर स्थित क्यान्सर अस्पताल रिर्फर गरिदियो ।
भक्तपुर अस्पतालले विरामीको रक्त परिक्षणका लागी दिल्ली पठायो । शुक्रवार उनको ब्लड क्यान्सर भएको पुष्टि सहितको रिपोर्ट आएको छ बुवा रामचन्द्रले भने –‘दैनिक २०/२५ हजार खर्च भैरहेको छ । विरामी छोरालाई उपचार गर्न लैजांँदा १२ सय रुपैयांँ मात्र साथमा थियो । अहिले सम्म एक लाख ७० हजार खर्च भैसक्यो ।
मासिक तीन प्रतिशत ब्याजका दरले ऋण काढेर उपचार गराईरहेको छु । अझै कति रकम लाग्ने हो । घरको आर्थिक अवस्था एकदमै नाजुक छ । डाक्टरले कम्तिमा ६ महिना उपचार गर्ने भन्नु भएको छ ।’
शनिवार देखि अस्पतालले किमो चढाउने बताएको छ । उनका तीन छोरीहरु र एक छोरा छन् । छोरीहरु साना छन् । छोरा त्यही मात्र एक हो । घरमा कमाउने मान्छे छैनन् । कसरी छोराको उपचार गरुँ उनले समस्या दर्शाउँदै भने ‘छोरा बचाउन सहयोग गरिदिनुहोस् । तपाईलाई भगवानले हेर्नेछन् ।’
सहयोग गर्न चाहनेले बुवा रामचन्द्र शर्माको फोन नम्बर ९७४८०९४९४९ मा सम्पर्क गर्न सक्नुहुनेछ । कृपया, मन्दिरमा चढाउने भेटी यी बालकको उपचारका लागि चढाइदिनुस् । क्यान्सरले छटपटाईरहेका निराजले तपाईलाई साक्षात भगवान रुपमा देख्नेछन् ।