धनगढी बमकाण्डका घाइते सेरेलालाई अस्पतालबाटै हिरासतमा लगियो
प्रकासित मिति : २०७६ श्रावण २१, मंगलवार १२:४६
प्रकासित समय : १२:४६
धनगढी , धनगढीमा साउन २ गते भएको बम विस्फोटका घाइते लक्ष्मण सेरेलालाई प्रहरीले मंगलबार अस्पतालबाट हिरासतमा लिएको छ।
धनगढीको शहीद गेट नजिक निलम होटलमा बम विष्फोटपछि घाइते सेरेलालाई प्रहरीले अस्पतालबाट हिरासतमा लिएको हो । सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका राम सिंह र लक्ष्मण सेरेलाले बोकेको बम विष्फोट भएको थियो ।
विष्फोटमा घाइते राम सिंहको घटनाकै राति उपचारको क्रममा ज्यान गएको थियो। सेरेलाको राम सिंह माया मेट्रो अस्पतालमा उपचार भएको थियो ।
१९ दिनसम्म प्रहरी निगरानीमै उपचार गरी उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको हो। उक्त बम विष्फोटमा होटल सञ्चालकसहित पाँचजना घाइते भएका थिए ।