ट्राफिक ब्यवस्थापनका लागि सडकमा जनचेतनामूलक कार्यक्रम
नेपालगन्ज, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जिल्लाको ट्राफिक ब्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमदेखि सडकमै घुम्ती प्रशिक्षण गरिने बताएका छन ।
नेपालगन्जमा आज पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा भर्खरै सरुवा भएर आएका प्रमुख बमले पार्किङ समस्या समाधानका लागि नेपालगन्ज उपमहानगरपालिकासंग समन्वय गरेर सडकको एक साइडमा वन वे पार्किङको ब्यबस्था मिलाउने बताए ।
छाडा पशु चौपाया पनि नेपालगन्जको मुख्य चुनौति भएको भन्दै बमले उपमहानगरसंग सहकार्य गरेर कान्जीहाउसमा छाड्ने कार्यलाई निरन्तरता दिइने बताए।
छाडा पशु चौपायाका कारण दुर्घटना बढेको बमले बताए । उनले ट्राफिक ब्यबस्थापन चुस्त बनाउन लागि पर्ने समेत बताए।
दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरिने बताउँदै ट्राफिक प्रमुख बमले गाडीहरुमा यात्रु तानातान गर्ने प्रवृत्तिलाई अन्त्य गर्न जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरिने समेत उल्लेख गरे ।