आफना नेतालाई तत्काल रिहाई नगरे प्रतिरोध गर्ने नेकपा झापाको चेतावनी

झापा, नेपाल कम्युनिस्ट पार्टी झपाले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई बिनाकारण गैरन्यायिक रूपमा अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे सरकारको कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

पार्टी सेक्रेटरी मनिसले सोमबार एक विज्ञप्ति जारी गरी आफ्नो सम्पूर्ण राजनीतिक मूल्य र मान्यता मिचेर फरक राजनीतिक आस्थाकै कारण गरेको गैरन्यायिक गिरफ्तारीको घोर भत्र्सना गरेका छन् ।

पार्टी कामको शिलशिलमा रहेका दमक नगर सेक्रेटरी सुभास राई र युवा संगठनका नेता पुकार लामालाई दमक बेलडाँगीबाट अपहरण शैलिमा गिरफतार गरिएको भन्दै गिरफ्तार गरिएका द्धय नेतालाई बिनासर्त रिहा गर्न माग गरेका छन ।

उनले बिज्ञप्तीमा भनेका छन्, ‘अन्यथा हाम्रो पार्टी सशक्त प्रतिरोधमा उत्रनुको विकल्प नरहेको जानकारी गराउँछौँ । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् दलाल सरकार हुनेछ ।’उनले बिज्ञप्तिमा परिबर्तनकाे बिरूद्भ उत्रिने सुराकी गर्नेहरूलाइ जनकारवाहि गर्ने समेत चेतावनी दिएका छन । 

विज्ञप्तिको पूर्णपाठ यसप्रकार रहेको छ।