कर्णाली राजमार्गमा पहिरो खस्दा यात्रुलाई सास्ती

सुर्खेत, कर्णाली राजमार्ग अन्तरगर्त दैलेख र कालिकोटको सिमाना आठबिसे नगरपालिका घट्टे खोलानजिक सडक भत्किदा यात्रुलाई सास्ती भएको छ । सडकमा पहिराे खसेर बिग्रदा जुम्ला,कालिकोट,हुम्ला मुगु जाने यात्रु अलपत्र परेका हुन ।

उक्त सडक समयमै खुलाउन नसक्दा लामोदुरीका यात्रुहरु अप्ठयारोमा परेका हुन । वर्षा शुरु भएसँगै खोला बढ्दा र पहिरो खस्दा यातायातका साधनलाई आवत जावतमा समस्या हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको हो ।

जुम्लाबाट कालिकोट हुँदै सुर्खेत र नेपालगंजसम्म जाने गाडीहरुलाई समस्या भएको एक यात्रुले जानकारी दिए ।