मनकारी वडाअध्यक्ष आफनो ५ बर्षको तलब सबै बिपन्न बर्गलाई दिने घोषण गरे
प्रकासित मिति : २०७६ श्रावण २०, सोमबार १२:२८
प्रकासित समय : १२:२८
मुगु रारा छायानाथ नगरपालिका ४ बडा अध्यक्ष बिष्णु कुमार भामले आफनो ५ बर्षको तलब बिपन्न बर्गलाई दिने घोषण गरेका छन । उनले आफुले बुझने गरेको तलब भत्ता सबै बिपन्नबर्गलाई दिने घोषण गरेका हुन ।
आज पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष भामले सबै तलब भत्ता बिपन्न परिबारलाई दिने बताए । उनले सामाजिक उतरादायित्व सन्दर्भमा आफुले बिपन्न बर्गलाई सहयोग स्वरुप आफनो तलब दिने बताएका हुन ।
पाँच बर्षमा हुने पारिश्रमीक तलब छायानाथ रारा नगरपालिकाका वडा नं १ देखि १४ सम्मालाई प्रत्यक बर्ष ५० हजारका दरले राहत तथा सहयोग हस्तानतरण गर्ने बताएका हुन ।