बाग्लुङको तुरतुरे ताल फुट्यो

बाग्लुङ । अबिरल वर्षाका कारण बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा बनेको क्रितिम ताल फुटेको छ । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा बनेको कृत्रिम ताल अबिरल वर्षाका कारण बिहान ४ बजे फुटेको हो । ताल फुटेसँगै मध्यपहाडी लोकमार्गको झण्डै २ सय मिटर बाटो समेत बगाएको छ ।

बडिगाड गाउँपालिकाको भीमगिठेमा सडक बगाएपछि पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ। यो सडक भएर हरेक दिन दर्जनौं बस, ट्रक, जिप र अन्य सवारी चल्थे।

पैदल यात्री समेत हिड्न नमिल्ने गरी पहिरो खसेको प्रहरी नायब उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए। ताल फुटे पनि पानी भने एकैपटक नखोलिएकोले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएन। एक किलोमिटर लामो ताल फुटेपछि पानीको बहावले सडक बगाएको हो।

सो तालमा पर्यटन व्यवसायीलेौ डुंगा समेत संचालन गर्दै आएका थिए ।