बागलुङमा पहिरोले ५ घर पुरिए, तीन जनाको मृत्यु

बागलुङ,बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । उनीहरुको शव निकालिएको छ ।

पहिरो डेढ सय मिटर माथिबाट खसेको थियो । पहिरोमा परि ६ जना घाइते छन् ।

पहिरोमा परी घाइते भएका छ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन् । घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ ।