रहेनन् पत्रकार महासंघ जाजरकोटका संस्थापक सदस्य थापा

जाजरकाेट, नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका संस्थापक सदस्य डिल्ली थापाको ३५ वर्षको अल्पायुमै निधन भएको छ । उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

जाजरकोट कुशे गाउँपालिका ५ दम्दालाका युवा पत्रकार तथा सामाजसेवी थापा पत्रकार महासंघ जाजरकोटको संस्थापक सदस्य समेत हुन । थापाको उपचारको क्रममा नेपालगन्ज लिदै गर्दा बाटोमा निधन भएको हो ।

विगत लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार थापा बिभन्न मिडियामा आबद्ध थिए । 

नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको भन्दै पत्रकार महासंघ कर्णली प्रदेश र जाजरकोट शाखाले श्रदान्जली ब्यक्त गरेको छ ।

महासङ्घले थापाको निधनलाई पत्रकारिता क्षेत्रमा अपुरणीय क्षतिका रुपमा लिएको नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाका सचिव हेमन्त केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै पत्रकार थापाको निधनले नेपाली पत्रकारिता जगतले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको कर्णाली प्रदेश पत्रकार महासङ्घका महासचिव दीपेन्द्र शर्माले विज्ञप्तिमार्फत उल्लेख गरेका छन । 

स्व. थापाको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।