छोराका ज्यान मैले बचाए मेरो ज्यान बचाउन पहल गरिदिनु प¥यो

उमेरले ५ दशक पार गरेकी नेपाली पनि स्पष्ट बोल्न सक्दिनन् अनुहारमा बुढेसकालको पिडा बोकेर अहिले श्रीमानको साहारा लिएर उनी कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगरमा आफ्नो जीवन बाचाई माग्नको लागी नचिनेका मान्छेहरुसँग पनि लास्सो भन्दै दुई हात जोडेर आफ्नो काहानी सुनाउदै वीरेन्द्रनगरको सहरका पेटीहरुमा दौडिरहेकी छन् । गरुङ्गको भषभुषामा सजिएर आफ्नो जीवन बाचाई माग्नको लागी दौडिरहेकी पेमा छुईकिक गरुङ्ग अहिले धेरै बेरसम्म बोल्न पनि सक्दिनन् ।

पहिला मेरो धेरै सम्पती थियो उनले भनिन् त्यो सम्पती अहिले म सँग छैन अहिले म सँग मैले आफुले जन्म दिएको एक छोरा छ अर्को एक छोरा मैले टुहुरो बच्चा ल्याएर पालेकी छु त्यो छोराले अहिले घर धानिरहेको छ । मैले पछि छोराहरुको कुरा नमिल्ला की भनेर मैले पालेको छोरालाई मेरो। आधा भाग सम्पती उसको नाममा गरिदिएकी छु । त्यो छोराले मैले जन्माएको छोरा भन्दा पनि मलाई धेरै माया गर्छ ।

तर अहिले मैले जन्म दिएको छोरा एक बर्ष अगाडी बाट उसको दुवै किट्नी फेल भएर बिरामीले थला परेको छ उसको दुबै किट्नीले काम गर्न छोडेको एक बर्ष भयो । मैले म बुढी मान्छे मरे पनि केहि छैन भनेर छोरालाई एक दाया साईटको किट्नी दिए अहिले मेरो स्वास्थ्य पनि नाजुक अबस्थामा पुग्यो ।

छोरालाई एक बर्ष अगाडी बाट भारतको चण्डीगड स्थीत फोरिस अस्पतालमा उपचार गराईरहेकी छुईकिक गरुङ्ग भारतको उपचार खर्चिलो भएर मेरो अब सम्पती केहि पनि बाकी रहेन । उनले समाचार दैनिक सँग आफ्नो काहानी सुनाईन् डोल्पा छार्काभोट की स्थाई घर भएकी छुईकिक गरुङ्ग ले रुदै भनिन् । 

अहिले मेरो आफ्नो मात्रै एक करोड सकिसक्यो सबै ठाँउ बाट अलि अलि सहयोग त आएको छ तर त्यो सहयोगले मात्रै केहि पनि पुगेको छैन उनले मलिन अनुहार मा भनिन् । अहिले त छोरालाई मात्रै एक दिनको १४ सयको औषधी मात्रै खानु पर्छ । कुन सरकारलाई भन्नु पर्छ त्यो पनि मलाई थाहा छैन ।

म सँग भएको सबै सम्पती बेचि सके पहिला धेरै थियो अहिले सबै सकियो अहिले एक्लै हिड्न सक्ने अबस्था पनि छैन सन्तानको नाममा मेरो एक त्यो छोरा मात्रै हो ।  छुईकिक गरुङ्ग का श्रीमान छेवाङ धार्जी गरुङ्ग अहिले श्रीमतीको साहारा बनेर हिडिरहेका छन् ।

उनी भन्छन् श्रीमती छ त म पनि छु श्रीमती छैन भने म पनि छैन के गर्ने त्यहि एक छोराको लागी कमाएको सम्पती सबै सम्पती सकियो अहिले केहि पनि बाकि रहेन त्यसैले मेरो श्रीमतीले छोरालाई किट्नी दिईसके पछि कति खेर बेहोस हुन्छ त्यो पनि केहि थाहा हुदैन दिनको कम्तीमा चार पाँच पटक बेहोस हुनछ ।

विहान पख त केहि पनि थाहा पाउदिन त्यसैले यसलाई म एक्लै छोडेर कहिले पनि मलाई हिड्न मन लाग्दैन । मलाई त श्रीमतीको दुख त छदै थियो आफ्नो दुख पनि छ । यता छोराको पनि टेन्सनले हामीलाई रातमा निद पनि आउदैन छुईकिक गरुङ्ग का श्रीमान छेवाङ धार्जी गरुङ्ग उनीले रुदै भने ।

सरकारले असक्तहरुलाई सहयोग गर्छ भन्ने पनि थाहा थिएन हामी सँग भएको सबै रुपिया सकिसके पछि हामीलाई एक जना डोल्पामा कार्यरत सरकारी कर्मचारीले प्रदेश सरकारको सामाजीक बिकाश मन्त्रालयमा सहयोग पाईन्छ भने पछि हामी याहाँ आएका हौ उनले भने सहयोगको लागी चाहिने सबै कागजहरु जम्मा गरिसकेका छौ मन्त्री ज्यूले मन्त्रीपरिषदको निर्णय बाट सहयोग गरौला भन्नु भएको छ । आसा छ उहाँहरुले गर्नु होला भन्ने आश लागेको छुईकिक गरुङ्ग का श्रीमान छेवाङ धार्जी गरुङ्ग ले बताए ।

यता सहयोगको लागी अनुरोध लेखिएको फाईल बुझ्दै सामाजीक बिकाश मन्त्रालयका सचिव डा।मान बहादुर वीकेले आफुले गर्न सक्ने सहयोग गर्ने र त्यसको लागी मन्त्री ज्यू सँग म कुरा राख्छु उनले भने यस्ता समस्याहरु त कर्णालीको हकमा धेरै छन् यो प्रतिनिधी मुलक मात्रै भएको उनले बताए ।