बांकेमा अज्ञात समुहद्धारा एनसिएलका टावरमा आगजनी
प्रकासित मिति : २०७६ श्रावण १६, बिहीबार २१:२३
प्रकासित समय : २१:२३

फाइल फोटो
नेपालगन्ज, बांकेमा अज्ञात समुहद्धारा एनसिएलका टावरमाथी गागजनी गरिएको छ ।
बुधवार राती जिल्लाको नेपालगन्ज उप-महानगरपालिका वडा न. २० मनिकापुर नयाँवस्तीमा रहेको एउटा टावर र डुडुवा गाउँपालिका वडा. ४ मेहमानपुर कम्दिमा रहेको एनसिएलको टावरमा आगजनी गरिएको हो ।
जुटको वोरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी नायव उपरीक्षक प्रकाश साप्कोटाले वताए । मध्यरातमा भएको आगजनीवाट दुई वटै टावरका तारहरुमा क्षेती पुगेको प्रहरी नायव उपरीक्षक साप्कोटाले वताए ।
घटनाको जिम्मेवारी कसैले नलिए पनि घटनामा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतूत्वको विद्रोही नेकपाले गरेको हुन सक्ने प्रहरीको आशंका छ ।