पेरिसडाँडा पुगेर जनयुद्धका शहीदहरु सम्झीए मन्त्री भट्टराईले

काठमाडाैं, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पेरिसडाँडामा पुगेर शहीदहरुको स्मरण गरेका छन ।  मन्त्री भट्टराईले शहीदहरुको स्मारकमा मल्यार्पण गरेर मन्त्रालयको काम शुरुवात गरेका हुन् ।

तत्कालीन एमालेबाट मन्त्री बनेका भट्टराइले पेरिसडाडाँ पुगेर शहीदहरु प्रति सम्मान दर्शाउँदै माल्यार्पण गरेका हुन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री हुन् ।

पेरिसडाँडामा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपालाई अहिलेको स्थानसम्म पुर्‍याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको पनि योगदान रहेको बताए । केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेको थियो ।