अज्ञात समूहद्वारा बिभिन्न ठाउँमा एनसेलका टावरमा आगजनी, सेवा अवरुद्ध

नेपालगन्ज, देशभर एक दर्जन बढी स्थानमा रहेका एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेका छन्। अज्ञात समुहले देशका बिभिन्न ठाउँमा एनसेलका टावरमा आगजनी गरेका हुन । धनगढि बझाङ,बाँके झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेलका टावरमाथि आगजनी गरेका प्रहरीले जनाएको छ।

बझाङमा एकै रात एनसेलका तीन टावरमा आगजनी गरेको छ । गएराति जिल्लाको मष्टा गाउँपालिका, थलारा गाउँपालिका र वित्थडचिर गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीका कारण टावरमा पूर्णरुपमा क्षतिसँगै सेवा अवरुद्ध भएको छ । आगजनीको कसैले पनि जिम्मा लिएको छैन । यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कर नतिरको भन्दै आगजनी गर्दै आएको थियो ।

त्यसैगरी विभिन्न सामाजिक अभियान्ताहरुले ‘एनसेल बहिस्कार’ अभियान नै चलाएका छन् ।  आगजनी कसले गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि प्रहरीको शंका भने नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता तर्फ छ ।