भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यावस्था ल्याऊँ: सांसद् सुवाल

काठमाडौं, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठुला भ्रष्टाचार काण्डमा मुछिएकाहरुलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सूशासन समितिमा मंगलबार बोल्दै सांसद सुवालले यस्तो बताएका हुुन् । ३८ किलो सुन तस्करी र प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा हडपेको प्रसंङ्गलालाई अघि सार्दै सविधान संसोधन गरेरै भएपनि यस्ता भ्रष्टाचारी हरुलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् ।

उनले भने- ‘दिन दिनै सामाजिक अपराध र भ्रष्टाचार बढिरहेको छ, ३८ क्वीन्टल सुन, वाइडबडीमा भ्रष्टाचार, एनसेलको कर प्रकरण, ललिता निवासको जग्गा विक्रीका सबै अपराधीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्छ ।’

सांसद् सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने व्यावस्था सविधानमा लेखाइ कार्यान्वायनमा ल्याउन प्रधानमन्त्रीलाई राज्य व्यवस्था समिति मार्फत दवाव दिन समेत आग्रह गरेका छन् ।