पहिरोका कारण बिनायक-तोली सड्कखण्ड अवरुद्ध
प्रकासित मिति : २०७६ श्रावण १४, मंगलवार ०८:४४
प्रकासित समय : ०८:४४
अछाम, अछामको तोली-विनायक जोड्ने ग्रामिण सडकखण्ड विगत एक महिना देखी अविरल वर्षाका कारण अवरुद्ध भएको छ ।गत असार ९ गतेकाे वर्षाको कारण वाटाे अवरुद्ध हुन पुगेकाे हाे । यसवाट उक्त सडखण्डमा आवतजावत गर्ने यातायातका साधनहरु पुर्णरुपमा वन्द भएका छन् ।
करिव ३५ देखि ४० मिटर लामाे उक्त पहिराे वाट नजिकै रहेको पुर्ण अाधारभुत विद्यालयको भाैतिक संरचनामा समेत क्षति पुर्याएकाे छ । उक्त पहिराेका कारणले अावत जावत गर्न, विरामीकाे उपचार गर्नमा असहजता उत्पन्न भएकाे त्यहाँका स्थानीय वासिन्दाले वताए ।
आफुहरु यस्तो कठिन प्राकूतिक विपदमा पर्दा पनि सम्वन्धित निकायको साथै स्थानीय सरकार वेखवर भएकाे प्रति स्थानीय जनता अाक्राेसित भएका छन । समयमै पहिराे काे राेकथाम गरिएन भने ठुलाे धनजन काे क्षति हुने अनुमान गरिएको छ ।