पोषणमा अनियमिता भएको भन्दै काठमाडौँमा कर्णालीको प्रर्दशन

काठमाडौं,कर्णालीका बालबालिकाको पोषणमा अनियमिता भएको भन्दै शनिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

कर्णालीमा जाने पोषणयुक्त आहारामा अनियमितता भएको भन्दै कर्णाली सरोकारवालहरुले प्रर्दशन गरेका हुन ।

प्रदर्शनमा सहभागीले कर्णालीका बालबालिकामाथि गुणस्तरहीन लिटो वितरण भएको भन्दै यस्तो कार्यमा सलग्नमाथि कारबाहीको समेत माग गरेका थिए ।

‘कर्णालीका लागि न्याय’ नाममा गरिएको प्रदर्शनमा कर्णाली प्रदेशका बिभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।