कसरी बनेँ अध्यक्ष पत्तै भएन ! आर्गानिक र नमुना वडा बनाउछु

राजनितिको आरोह अवरोहले थुप्रै उचतारचढाबहरु छिचोल्नु पर्यो । यानकी कसैलाई लाग्दो हो । यो वडा अध्यक्ष कसरी बन्यो ? म आफै दंग छु कसरी बने बडा अध्यक्ष राजनितिक जिवनको चक्रब्युहले कहिले तल कहिले माथी कहिले वर कहिले पर बनाउने नै भयो ।

कालिकोट पचालझरना गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष अरुण रोकाया कहिलकाँहि आफनै जिम्मेबारी देखि गम खान्छन । २०५४ सालबाट पुर्णकालिन राजनिति सुरु गरेका रोकाया ५० सालदेखि कम्युनिष्ट राजनिति सुरु गरेको बताउछन । के कारणले कम्युनिष्टहरु मन परे थाह छैन । तर कम्युनिष्ट शासण प्रणालीप्रति मोहित बनेका रोकाया ५० सालदेखि निरन्तर कम्युनिष्ट चेला छन ।

उलटपुलट त्यो आन्दोलनमय जिवन

मजदुरहरुको हक हितमा उभिएको पार्टी मजदुर किसान पार्टीको सदस्यता लिएका अरुण आफनो राजनितिको पहिलो गुरु तुलराज बिष्टलाई लिन्छन । उनकै हातबाट ४६ सालतिर सदस्यता लिएका रोकाया रामकृष्ण बुडथापाको बिचार र ब्यक्तित्वबाट प्रभावित भएको बताउछन ।

पार्टीको कछुवा शैलिका कारण उहि पार्टीमा टिक्न नसकेका रोकाया ५० सालमा त्यतिबेलाको जल्दोबल्दो पार्टी एमालेमा प्रबेश गरेको बताउछन । एमाले भित्रको चरम गुटबाद,ब्यक्तिबादका कारण त्यहाँबाट क्रान्तिकारी राजनितिमा लागेका रोकाया ५४ सालबाट निरन्तर माओबादी आन्दोलनमा संगठित छन । मुलुक परिबर्तनको प्रमुख हिस्सा माओबादी जनयुद्ध भएको दावी गर्ने रोकाया सपनाहरुको सिंडि उक्लिने क्रम जारी रहेको बताउछन ।

उबेला गाजस अध्यक्ष अहिले वडा अध्यक्ष

२०५४ सालबाट पुर्णकालिन राजनितिमा प्रबेश गरेका रोकायाको राजनितिक जिवनको उतारचढाब पनि कर्णाली जस्तै बगेको छ । पुर्ण रुपमा माओबादी आन्दोलनमा लागि सकेपछि पार्टीको गाबिस अध्यक्ष बनेका रोकायाको अधिकतम समय प्रवास कमिटिमा बित्यो । प्रवासका ति कहाली लाग्दा दिनहरुको झल्को सम्झदा अच्चमीत हुन्छन ।

नेपालबाट गएका घाइतेहरुको उपचार,बेचिएकी चेलिहरुको उद्धार पार्टीका प्राबिधिक सामानहरुको सप्लाई यस्तै यस्तै कामहरुमा प्रवासको जिवन बित्दथ्यो । प्रवासमा हरिस ठगुल्लाको टिममा रहेर काम गरेका रोकाया भन्छन प्रवासको जिवन निक्कै प्रेसरमा थियो । पार्टीले प्रबासको कार्यक्षेत्र तोकेका कारण उनि प्रबासमा कार्यरत थिए ।

आर्गानिक र नमुना वडा मेरो चाहाना

स्थानीय सरकार जनताको सरकार भएकाे अरुणको ठम्याई छ । उनि भन्छन त्यसैले जनसरकारको अनुभुति हुने गरी काम गर्ने सोच राखेको छु र गरिरहेको छु । अरु वडा भन्दा केहि हद भिन्न हुन्छ यो मेरो बिश्वास हो । कामको बर्गिकरण गरेर बढिरहेको बताउने अरुण एकिकृत बस्ती निमार्णको योजनामा रहेको बताउछन ।

युवालाई स्वरोजगार,खरमुक्त छानो,धुवाँरहित घर, उज्यालो पचालझरनाको अभियानमा प्रतिबद्ध छन । गाउँपालिकाको योजनामा सन्तुष्ट रोकाया आयआर्जन मुलक वडा आर्गानिक वडा बनाउने दावी गर्छन । वडामा पर्ने हर दुखसुखहरुमा साँची रहेको भन्दै जनताको दुख नै आफनो दुख भएको बताउछन ।

असन्तुष्टीहरुको संबोधन हुन्छ

अरुण अरु वडा अध्यक्ष भन्दा भिन्न यसकारण छन । उनि आफनो आलोचना गर्नेलाई मार्गनिर्देशकहरुको रुपमा लिन्छन । अरु वडा अध्यक्ष निषेध गरेर जान्छन भने उनि संबोधन गरेर खुशि पारेर जान्छन । सामाजिक सेवामा जिवन बिताउनुपर्छ भन्ने सोच थियो ।

प्राप्त गरेको छु त्यो अबसर अझत प्रत्यक्ष जनताको काम गर्न पाउद आल्हादित छु । उनि भन्छन कर्तव्यब्युमुढ भएर काम गरिरहेको छु । काममा ध्यान दिने कुरामा भन्दा कार्यान्वयनमा जोड दिने अरुणको स्वभाव रहेको बताउछन । उनका जानकारहरु भन्छन भद्र र शालिन मान्छे हो त्यसकारण जनताले निर्धक्क वडा अध्यक्ष बनाए ।

बोलेका एक एक कुरा पुरा गर्छु

पहिलो वर्ष अत्यन्तै उत्साहवर्धक र सफल भएको महशुस गरेको बताउने अरुण । निर्वाचनका बेला बोलेका कुरा र जनता सामु गरेका प्रतिवद्धता एकएक पुरा गर्ने दावी गर्छन । उनि विश्वासका साथ काम गरिरहेकाले जनतामा उत्साह जागृत भएको बताउछन । भन्छन यसका धेरै कारण र उदाहरण छन् ।

म निर्वाचित भइसके पछि एक वर्षको अन्तरालमा वडामा विकास निर्माणका थुप्रै कामहरु भएका छन् । प्रमाणहरु यी भौतिक संरचना आफै बोल्छन । उनि भन्छन पहिलो त ठूलो कुरा आफुमा इच्छा शक्ति र दृढ विश्वास हुनुपर्छ । त्यो कुरा म मा छ । समाज परिवर्तनको लागि केही गरेर देखाउनु पर्छ भन्ने भावना बोकेर हिडेको छु र त्यही अनुसार काम पनि गरिरहेको छु निरन्तर गरिरहने छु ।