विप्लव नेकपा जाजरकोटका युवा संगठन अध्यक्ष सिंह पक्राउ
जाजरकाेट,विप्लव नेतृत्व नेकपा युवा संगठन जाजरकोटका अध्यक्ष खड्क सिंहलाई प्रहरीले बिहीबार सुर्खेतबाट पक्राउ गरेको छ । अध्यक्ष खडक सिंहलाइ उपचार क्रममा माया नरसिंह हाेम सुर्खेतदेखि पक्राउ गरेकाे बताइएकाे हाे ।

नेकपा निकट भातृ संगठन युवा संगठनले भने उपचारकाे क्रममा गैरन्यायिक ढंगले गिरफतार गरेकाे भन्दै जाेडदार रिहाइकाे माग गरेकाे छ । युवा संगठनका केन्द्रीय सदस्य दीपले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
दीपले विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका जाजरकोट अध्यक्ष तथा भेरी कर्णाली व्युरो सदस्य युवा खडक सिंहलाई पूर्व एमालेको सुराकीका आधारमा पक्राउ गरिएको बताएका छन् । पक्राउ परेका युवा नेता खडकलाई रिहा नगरे कडा संघर्ष गर्ने दीपले चेतावनी दिएका छन् ।
तर उनलाई चन्दा उठाएको, अशान्ति फैलाएको लगायत आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका पुन्मा घर भएका सिंहलाई पक्राउ गरि जाजरकोट लगिने प्रहरीले जानकारी दिएको छ ।
यस्ताे छ बिज्ञप्ति


