यसकारण पचालझरनाको फेदीमा गाउँसभा हुने

कालीकोट कालीकाेटको पचालझरना गाउँपालीकाले पचाल झरनाकाे प्रचारप्रासरका लागि बिषेष गाउँसभा पचालझरनाको फेदीमा गर्ने भएको छ ।

गाउँपालीकामा पर्ने नेपालको ६४ औँ पर्यटकिय गन्तब्य स्थानमा छनोटमा परेको पचालझरनाको फेदिमा यहि २३ गते बिषेष गाउँसभा आयोजना गर्न लागेको हो ।

बिषेष गाउँसभा मार्फत गाउँ अधिबेसनबाट पारित निति तथा कार्यक्रम र बिनियोजित बजेटमा थफ छलफल हुने र गाउँपालीकाको प्रगती र भाबि लक्ष्यतथा योजना सार्वजनिक गर्ने गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले बताए ।

गाउँपालीकाले आन्तरिक पर्यटकको ध्यान खिच्न हरेक महीना पचालझरनामा कुनै न कुनै गाउँपालीकाको काम केन्द्रित गर्ने जानकारी दिए । अध्यक्ष सेजुवालले सोही योजना बमोजिम गाउँसभा पचालझरनाको फेदीमा केन्द्रित गर्न लागेको समेत बताए ।

पचालझरना पर्यटन बिकासका लागी कर्णाली प्रदेश सरकार संघिय सरकार तथा स्थानीय सरकार लागी परेका छन जस अनुसार पचालझरनामा बनि रहेको होमस्टे र प्रतिक्षालय लगाएतका भवनको उद्घाटन पनि हुने जनाइएको छ ।