अखिल (क्रान्तिकारी) द्धारा मापदण्ड विपरीत शुल्क असुलेको भन्दै आपत्ती

पोखरा, नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको विद्रोही नेकपा निकटको भातू संगठन संगठन अखिल (क्रान्तिकारी) कास्कीले मापदण्ड विपरित शुल्क असुलेको भन्दै विरोध जनाएको छ ।

शनिवार संगठनका कार्यवाहक अध्यक्ष आस्था नेपाली द्धारा एक विज्ञप्ती जारी गर्दै दुर्योधन र सकुनिको भुमिकामा रहेका पोखरा महानगरपालिका अन्तर्गतका विद्यालयहरु र तिनका सन्चालकहरुले विभिन्न बहानामा विद्यार्थी तथा अभिभावकको ढाड सेक्ने गरी मापदण्ड विपरित भर्ना शुल्क लगायतका विभिन्न शिर्षकमा शुल्क असुलेको भन्दै आपत्ती जनाएको छ ।

राज्यको फितलो शिक्षा निती र गैरजिम्मेवारीपनका कारण राज्यद्धारानै संविधानमा व्यावस्था गरिको माध्यमिक तह सम्म निशुल्क शिक्षाको व्यवस्था लागु गर्नुको साटो उल्टै सामुदायिक विद्यालयलाई विस्तापित गराउएर शिक्षालाई निजीकरण र व्यापरिकरण गर्न प्रोत्साहन गर्न ल्याइएको शिक्षा निती तत्काल खारेज गर्न समेत माग गरिएको छ ।

साथै बिभिन्न वहानामा अभिभावक  र बिद्यार्थीवाट असुल गरिएको शुल्क तत्काल फिर्ता गर्न माग गरिएको छ ।

विज्ञप्ती सहित