जुवा तास खेल्ने ९ जना ठाँउको ठाँउ प्रक्राउ
रामेछाप, दोलखाको बैतेश्वर गाउँपालिका वडा नं।–६ नाम्दुबाट जुवातास खेल्ने ९ जना प्रक्राउ परेका छन । बिहिबार राति ८ः४५ बजे बैतेश्वर गाउँपालिका वडा नं। ६ नाम्दु स्थित ढाल बहादुर कार्कीको घरमा जुवा तास खेलिरहेकोे अबस्थामा उनिहरुलाई दोलखा प्रहरीले प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला दोलखा बैतेश्वर गा।पा। वडा नं।६ नाम्दु बस्ने बर्ष ३० का राजेन्द्र तामाङ सोहि स्थानका बर्ष ६० का गोपाल उप्रेती, बर्ष ४५ का कुल बहादुर तामाङ, बर्ष ३३ का कृष्ण बहादुर घिमिरे, बर्ष ४५ का ढाल बहादुर कार्की ९घर बेटी०,बर्ष ४३ का राम बहादुर नेपाली,बर्ष ४२ को नवराज घिमिरे, बर्ष २३ का शैलेश तामाङ र सिन्धुली जिल्ला कमला माई नगरपालिकामा बस्ने बर्ष ४५ को प्रिती बहादुर तामाङ रहेका छन ।
प्रक्राउ पर्नेहरु मध्ये केहि स्थानिय शिक्षक समेत रहेका छन, उनिहरुको साथबाट नगद ४३ हजार ५ सय, ६ थान चकटी सहित १ थान गलैचा र १५९ पत्ति तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक प्रदिप महतले जानकारी दिए ।
प्रक्राउ परेकाहरुलाई बिहिबारनै आवश्यक कार्बाहिका लागि जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याईएको छ ।निजहरुलाई विशेष सुराकिको आधारमा बिहिबार राति ८ः४५ बजे प्रहरी निरिक्षक सहितको ५ जनाको टोलिले प्रक्राउ गरेको हो दोलखा प्रहरीले जनाएको छ ।