बिप्लव नेकपा जाजरकोट लाग्यो,संगठन सुदृढीकरण अभियान तिर

जाजरकाेट ,बिप्लव नेकपा जाजरकोटले संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । बिप्लव नेकपा जाजरकोटले आफनो पार्टीको संगठन सुदृढी करणको अभियानलाई बिहिबार तिब्रता दिएको हो ।

आज नलगाड नगरपालिका ५ पोखरामा एक कार्यक्रम गरि संगठन सुदृण्ीकरण अभियान सुचारु गरेको जिल्ला इन्चार्ज प्रेमप्रकाश वलि धमिलले जानकारी दिए ।

उक्त कार्यक्रमको संचालन युबा सगठन नेपाल जाजरकोट जिल्ला सदस्य क निमार्णले गरेका थिए भने अध्यक्ष एरिया न २ का सेक्रेटरी क नबिनले गरेका थिए ।

कार्यक्रमको प्रम्ख आतिथ्यता  जिल्ला ईन्चार्ज प्रेम प्रकाश वलि धमिलले गरेका थिए ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलिले दलालहरुको बिरुद्ध धावा बोल्ने दिन आइसकेको बताएका थिए । उनले सरकारी रबैया धेरै समय नटिक्ने समेत दावी  गरेका थिए ।

त्यस्तै सत्ताधारी नेकपा परित्याग गरि १५ जना प्रवेश गरेका थिए ।