रामेछापका विमला तामाङ हत्याकाण्डः तीन जना धरौटीमा रिहा

काठमाडाैँ ,रामेछाप कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलिरहेका समता अस्पतालकी सञ्चालक कला सञ्जेलसहित तीनजना तीन-तीन लाख धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर उनीहरू बिहीबार रिहा भएका हुन् ।

धरौटी बुझाउन नसकेपछि बुधबार उनीहरूलाई जेल चलान गरिएको थियो ।

समता अस्पतालमा सफाई कर्मचारीका रुपमा काम गर्दै आएकी रामेछापको बिमला तामाङको शव गत असार ३ गते मृत अवस्थामा फेला परेको थियो ।

उनको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो । मृतकका आफन्तले भने उनको हत्या भएको भन्दै किटानी दिएका थिए ।