बर्षाका कारण अवरुद्ध सडक सुचारु
रामेछाप ,अविरल बर्षाको कारण अवरुद्ध भएको दोरम्बा गाउँपालिकाको केन्द्र जोडने मुख्य सडक गाल्पा–दोरम्बा–टोकरपुर जोडने सडक सुचारु भएको छ ।
गाउँपालिकाले अग्लेश्वरी लगायत विभिन्न स्थानमा खसेको पहिरो पञ्छाएपछि पाँच दिनदेखि अवरुद्ध भएको यातायात सुचारु भएको हो ।
गाउँपालिकाको आफ्नो मेसिन प्रयोग गरेर सडकको अवरोध हटाएपछि यस बर्ष बर्षाको समयमा पनि जोखिम मानिएको अग्लेश्वरबाट यातायात सञ्चालन हुने भएको छ ।
दोरम्बा गाउँपालिका र तीन नम्बर प्रदेश सरकारको लगानीमा गाल्पा दोरम्बा सडकमो सोलिङ गर्ने, नाला निर्माण गर्ने काम भएसँगै बर्षाको समयमा पनि निर्वाध रुपमा गाडी चल्ने भएको छ ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले अवरुद्ध गाल्पा दोरम्बा टोकरपुर जोडन सडक पूर्ण रुपमा सञ्चालनमा आएको बताए ।
गत बर्ष डेढ महिनासम्म अवरुद्ध भएको सडक यस बर्ष पाँच दिन मात्र अवरुद्ध भएको बताउदै यस बर्ष निर्वाध रुपमा यातायात सञ्चालन हुने बताए ।