यसकारण दिनभर बन्द रहयो नेपालगन्ज !

नेपालगन्ज , नेपाल सरकारले आगामि आर्थीक बर्षदेखी लागु हने गरि जारी गरिएको कानुनको बिरोध गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघले  नेपालगन्जका सम्पुर्ण व्यापार ब्याबसायहरु  बन्द गरेको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श, बाँकेका सम्पुर्ण व्यवसायीहरूको आयोजनामा आज नेपालगन्ज बन्द गरिएको बताइएको हो ।

साउन १ गतेबाट लागु गरिने नयाँ आर्थिक प्रावधानको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका नेपालगञ्जका उद्योगी, व्यवसायीले सरकारको बिरोध गर्दै बुधबार नेपालगन्ज बजार बन्द गरेका हुन् । उनिहरूले माग सुनुवाइ नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । 

अब्यवहारीक निति नियम कानुनको बिरोधमा ब्यवसायी एकता भन्दै आइतबार  सडकमा प्रर्दशन गरिएको समेत गरिएको थियो ।