गलत बहुमत
प्रकासित मिति : २०७६ असार ३०, सोमबार १५:०६
प्रकासित समय : १५:०६
म पाना पल्टाउँछु समयको
एक एक गरि,
सबै छिमल्छु अलि देर गरि
र पोखिदिन्छु मस्तिष्क भरी ।
विभाजित हुँदै पराजित
पराजित हुँदै अविजित
हरेको प्रत्येक कालखण्डलाई
खण्ड – खण्ड नपारी पार नलाग्नसक्छ
त्यो भेदलाई भेदन गर्न ।
म गलत भनिरहेछैन कि
यस बखत म सत्य बोल्दैछु
थोरै आगो ओकली
सङ्गै दबाइनसक्छ मेरो बोली
जसको भय छैन कत्ती ।
…लेख्दैछु कि
बहुमत जनता इतिहासको
थोरै कालखण्डमा सत्यको आड लाग्छन
तर रगतको आहुती दिने गरि !
र धेरै लामो न लामो समय
गलतको पक्षमा मत जाहेर गर्छन
अहिले जसरी ।
म भन्न पाउँछु कि पाउँदिन !?
– गलत बहुमत ।