निर कुमार राईको स्मृतिमा जाजरकोटमा श्रद्धान्जलीसभा
जाजरकाेट,प्रहरीद्वारा हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तकाे स्मृतिमा जाजरकाेटमा श्रद्धान्जलीसभा गरिएको छ ।

नेकपा जाजरकाेट इन्चार्ज प्रेमप्रकाश वलि धमिलले दिएकोे जानकारी अनुसार अाइतबार एरिया नं २ मा श्रदान्जलि कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
एरिया न २ सेक्रेटरी क.नवीनले सचालन जिल्ला सेक्रेटरी राजकुमार राईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला ईन्चार्ज क प्रेम प्रकाश वलि प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बाेल्दै इन्चार्ज वलिले देशमा राज्यले ब्यत्ति हत्या गर्दै जाने हाे भने बदला लिने चेतावनि दिए। कार्यक्रममा संबाेधन गर्दै वलिले अाम जनतालाइ प्रतिराेध गर्न अाग्रह समेत गरे ।
असार २५ गते भोजपुर सदरमुकाममा बसेका परिवारलाई भेटन गएको बेला प्रहरीले नेकपाका नेता राइलाई नियन्त्रणमा लिएर हत्या गरेको थियो ।
असार ५ गते नक्कली भिडन्तको नाममा प्रहरीले सर्लाहीमा नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई हत्या गरेको ठिक २० दिनपछि प्रहरीले नेकपाका अर्का नेता सगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगा सेक्रेटरी राईकाे हत्या गरेको हो ।

